काठमाडौं। सिल्क पावर प्राइभेट लिमिटेडले ३२.८९३ मिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ४२.८८ मेगावाटसम्मको विद्युत प्रवाह हुने सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा निर्माणाधीन ४२.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजनाको स्वीचायार्ड देखि सोही जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन १८ मेगावाटको राउजे खोला जलविद्युत आयोजनाको स्वीचायार्डसम्म सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त प्रसारण लाइन निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत पाउने लगतै प्रसारण लाइनको काम अघि बढाउने पनि कम्पनीले जनाएको छ ।
प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभागमा वा प्रवद्र्धक कम्पनीमा आइपुग्ने गरी लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ ।