बागलुङ । बागलुङको गलकोट हटिया बजारबाट ताराखोला हुँदै म्याग्दी जोड्ने सडक स्तरोन्नतिको काम हालसम्म आधाभन्दा केही बढी मात्र पूरा भएको छ। स्तरोन्नति गर्न सुरु भएको ४ वर्ष बितिसक्दा पनि हालसम्म ६० प्रतिशत मात्र काम भएको हो।
पूर्वाधार विकास कार्यालय बागलुङले एपेक्स खड्का कृष्ण कन्स्ट्रक्सनलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने काम ३ पटक म्याद थप गर्दा भइसकेको छ। निर्माण कम्पनीले २८ करोड रुपैयाँ लागतमा सडक निर्माणको जिम्मा लिएको हो।
निर्माण कम्पनीले अहिले कामदार खटाएर काम गरिरहेको छ । दुई दशकसम्म कच्ची सडक हुँदा समय–समयमा दुर्घटना हुने गरेको छ भने यात्रा निकै कष्टकर हुने गरेको यात्रुको भनाइ छ ।
निर्माण कम्पनीले धमाधम काम गरे असार मसान्तसम्म काम सक्ने पूर्वधार विकास कार्यालय बागलुङले जनाएको छ।