भोजपुर। भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेको छ। आर्थिक अभावका कारण विद्युत सेवाबाट बञ्चित १६ घरलाई वडाले निशुल्क विद्युत मिटर उपलब्ध गराएको हो।
विपन्नताका कारण घरमा विद्युत् सेवा पुग्न नसकेको अवस्थामा वडाको सहयोगमा बिजुली पुगेपछि खुसी लागेको लाभग्राहीले बताए।
विद्युतीकरण भएसँगै आमचोकको थिदिङ्खामा पनि बत्ती बल्न सुरु भएको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ। जिल्लाका ग्रामीण क्षेत्रमा समेत विद्युतीकरणको कार्य अहिले भइरहेकाले नागरिकलाई विद्युत् बाल्न सहज भएको बताइएको छ।