काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसन पूरा हुने चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको सबस्टेसन पूरा हुने चरणमा पुगेको हो ।
सबस्टेसनकाने ९५ प्रतिशत निर्माण सकिएको छ । अहिले सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२।११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन्।
ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।