काठमाडौं। भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीको संरचना विस्तार गरी उक्त गाउँमा विद्युत पहुँच पुर्याएको हो ।
वर्षौंदेखि अन्धकारमा रहेको गाउँमा विद्युत पहुँच पुग्दा आफु र आफ्नो परिवार हर्षित भएको स्थानीयले बताए ।
विद्युत प्राधिकरणको भोजपुर वितरण केन्द्रको गाउँमा विद्युत पहुँच पुर्याउन हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी वितरण लाइन निर्माण गरेको छ। विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घरधुरी अहिले झिलिमिली भएका छन्।