बागलुङ। गलकोटका स्थानीयले १५ वर्षअघि स्थानीयरूपमा बजेट संकलन गरी ट्र्र्याक खोलेको ग्रामीण सडकको स्तरोन्नति सुरु भएको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी २०६५ सालमा ट्रयाक खोलिएको यो ग्रामीण सडकको स्तारोन्नति भइरहेको हो।
मंसिरदेखि नै सडकको स्तरोन्नतिको काम भइरहेको छ । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख रुपैयाँ र स्थानीयले उठाएर ३५ लाख रुपैयाँ गरी ४५ लाख रुपैयाँमा सडक खुलाइएको गलकोट नगरपालिकाले जनाएको छ।