काठमाडौँ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ। कम्पनीले सय रुपैयाँ अंकित १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ताँ हकप्रद सेयर निष्कासन गर्न लागेको हाे।
कम्पनीले हकप्रद सेयरको बिक्री प्रबन्धकममा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । कम्पनीले सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड गर्न उक्त क्यापिटललाई नियुक्त गरिएको हो ।
कम्पनीले १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।
वार्षिक साधारणसभाबाट प्रस्ताव स्वीकृत भएपछि कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ । कम्पनीले लमजुङको दोर्दी खोलामा १२ मेगावाटको दोर्दी –१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।