महोत्तरी। महोत्तरीको बर्दिवासमा सडक खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म महोत्सव हुने भएको हो।
महोत्सवमा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई मधेसको पहिचान र स्वादका खानासँगै तारे होटलमा पाउने परिकार पनि एकै ठाउँमा खुवाउने गरी महोत्सव गर्न लागेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ। बर्दिवासमा जोडिएको बीपी राजमार्गको पूर्वतर्फ करिब साढे ५ सय मिटर सडकमा ५० वटा खानाका स्टल राखिने बताइएको छ।