जुम्ला। जुम्लाको पातारासी गाउँपालिकास्थित लुम नदीमाथि पक्की पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशको अर्थ मन्त्रालयबाट रु सात करोड १९ लाखको लागतमा पक्की पुल निर्माण हुने भएको हो।
यसअघि यहाँका स्थानीयबासी सो नदीमा बनेको काठेपुलबाट आवतजावत गर्ने गरेका थिए ।
प्रदेश सरकारसँग निरन्तर अनुरोध गरेपछि सो ठाउँमा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माण हुने भएपछि स्थानीय पनि खुशी भएका छन्।