तनहुँ। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्ड कालोपत्र गर्ने काम भइरहेको छ। पश्चिम खण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको हलेदी, बेलचौतार र म्याग्दे गाउँपालिकाको जामुनेमा गरी एकतर्फी तीन किलो मिटर कालोपत्रे भएको हो।
एक साताभित्र नै थप तीन किलोमिटर कालोपत्रे पूरा हुनेगरी काम भइरहेको समेत आयोजनाले जनाएको छ। तीन महिनाअघि आठ प्रतिशत प्रगति रहेकोमा हाल १५ दशमलव पाँच प्रतिशत पुगेको छ ।
आयोजनाको कामलाई गति दिन रातको समयमा पनि काम भइरहेको र दसैँ, तिहारजस्ता चाडपर्वमा समेत काम गरिएकाले प्रगति साढे १५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।