काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको विद्युत विक्री आम्दानी र नाफा घटेको छ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी र नाफा घटेको हो।
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू ४० करोड १२ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा उक्त नाफा घटेर रू ३७ करोड ९१ लाखमा सीमित भएको हो । त्यस्तै कम्पनीले विद्युत विक्रीबापत गत आवमा रू ६२ करोड ४८ लाख आम्दानी गरेकोमा चालू आवमा यो आम्दानी रू ६१ करोड २० लाखमा झरेको छ ।
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत ऊर्जा खरीद गरेका कारण कम्पनीको विद्युत विक्री आम्दानी घट्न पुगेको वित्तीय विवरणमा उल्लेख छ ।