मनाङ। चामे गाउँपालिकाले पालिकाभित्र नै विद्युत उत्पादन गर्ने भएको छ । पालिकामा रहेको ठाडो खोलाबाट गाउँपालिकाले विद्युत निकाल्ने योजना बनाएको हो ।
उक्त कामको लागि गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार पारिसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र १ मेगावाटको लघु जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाउने उल्लेख गरेर डिपिआर तयार गरेको हो । बहुवर्षे आयोजनाको रुपमा लघु जलविद्युत आयोजना सञ्चालन गर्ने पालिकाको भनाइ छ।
डिपिआरअनुसार लघु विद्युत आयोजना निर्माणका लागि १९ करोड रुपैयाँ लागत लाग्ने देखिएको छ। आयोजना सम्पन्न गर्न करिब ४ वर्ष लाग्ने डिपिआरमा उल्लेख छ । डिपिआरको प्रतिवेदन अनुसार ८६० किलोवाट विद्युत उत्पादन गर्न सकिने देखिएको बताइएको छ।