काठमाडौं। ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत् आयोजनाको सुख्खा परीक्षण (ड्राइ टेस्ट) सम्पन्न भएको छ। इङ्वा खोला हाइड्रो पावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको ड्राइ टेस्ट सम्पन्न भएको हो।
आयोजनाको सबै परीक्षण पूरा गरी आगामी फागुनभित्र व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य छ ।
गत माघ १९ गते आयोजनाको ड्राइ टेस्ट पूरा भएको प्रसारण लाइन चार्ज गर्ने तयारी भइरहेको जनाइएको छ । प्रसाराण लाइन चार्जको काम एक साताभित्र पूरा हुने इङ्वा हाइड्रो पावरले जनाएको छ।
पाँचथर जिल्लामा अवस्थित नदी प्रवाही (आरओआर) आयोजनाको निर्माण २०७७ साल माघ १ गतेबाट सुरु भएकोमा २०८० साल साउनभित्र सम्पन्न गर्ने लक्ष्य थियो । गत असार १ र २ गते पूर्वी भूभागमा गएको भीषण बाढी–पहिरोका कारण आयोजनामा केही क्षति पुग्न गएको हुँदा व्यापारिक उत्पादन अवधि पछाडि सर्न गएको कम्पनीले जानकारी दिएको छ ।