दाङ। दाङको बबई गाउँपालिका–२ स्थित घुरिनडाँडा–ठुलचौर जोड्ने झोलुङ्गे पुल निर्माण हुन थालेको छ। लुम्बिनी प्रदेश सरकारको रु ४६ लाख लागतमा ट्वाङखोलामा झोलुङ्गे पुल निर्माण हुन थालेको हो।
आगामी वैशाखमा सक्नेगरी झोलुङ्गे पुल निर्माण सुरु भएको छ। ठूलाचौरमा करिब २० घर छन्। यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन्।
पुल नहुँदा विद्यार्थीहरु वर्खा लाग्यो भने पढ्नबाट वञ्चित हुन्छन्। वर्षामा आउने खोलाले यहाँको दुई गाउँलाई अलग गराउने गरेको थियो। अब पुल बन्ने भएपछि स्थानीयको जनजीवन सहज हुने भएको छ।