काठमाडौं। कालंगा हाइड्रो लिमिटेडले सर्वसाधरणका ४९ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ ।
बझाङ १५.३३ मेगावाटको कालंगाागड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले जारी पूँजी १ अरब ४० करोड रुपैयाँमध्ये सर्वसाधारणहरूका लागि ३५ प्रतिशत अर्थात प्रतिसेयर सय रुपैयाँ दरले हुने ४९ लाख कित्ता बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो।
३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट र १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति हुने गरी सम्झौता समेत भएको छ।
सम्झौतापत्रमा कम्पनीको तर्फबाट सञ्चालक तिर्थराज चटौत तथा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मीसन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरे ।