पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १४ मा पहिलो पटक स्थानीय महोत्सव आयोजना हुने भएको छ । महानगरको १४ नम्बर वडाको आयोजना फागुन ६ र ७ गते महोत्सव हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जनाकारी दिइएको हो ।
स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।महोत्सव छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा सञ्चालन हुने छ ।महोत्सवमा निशुल्क स्टल र टिकट को व्यवस्था गरिको वडाध्यक्ष बोध बहादुर कार्कीले बताए । स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पोखरा–१४ ले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको कार्कीले जनाए । उनका अनुसार सो महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछन् भने सबै स्टलहरु निशुल्क रहनेछन् ।