मुगु। मुगुको उत्तरी सीमा तिब्बत जोड्ने गमगढी – नाक्चे लाग्ना सडक खण्ड अन्तर्गत गमगाढ खोला अल्का साँघुमा पक्की मोटरेबल पुलको निर्माण कार्य सुरु गरिएको छ। नेपाल सरकार सडक विभाग अन्तर्गत पुल महाँशाखाको आर्थिक र सडक डिभिजन कार्यालय जुम्लाको प्राविधिक सहयोगमा उक्त पुल निर्माण कार्य सुरु गरिएको हो ।
हिम सगरमाथा निर्माण कम्पनीले कर्णाली राजमार्ग अन्तर्गत जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिका खेतु देखि मुगुको छाईल बगर सम्म १० वटा मोटरेबल पुलहरू मध्ये ९ वटा पुलहरू निर्माण गर्ने कार्य सुरु भइसकेको छ।
६ महिनामा पुलहरूको डिजाइन र ३६ महिना स्टक्चर गरी जम्मा ४२ महिना भित्रको समयमा १० वटा पुलहरू सम्पन्न गर्ने सम्झौता भए अनुसार निर्माणको काम अघि बढेको बताइएको छ।