काठमाडौं। १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र पाएको छ । प्रवद्र्धक जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।
गत पुस २३ गते बसेको ऊर्जा सचिवस्तरीय बैठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको आयोजनाले जनाएको छ।
विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको आयोजनाको ठेक्का आह्वानका लागि गृहकार्य भइरहेको छ । यसका लागि बिडिङ डकुमेन्ट समेत तयार पारिसकेको छ । आयोजना इन्जिनियरीङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडेलमा ठेक्का निकाल्न लागिएको छ ।