काठमाडौं। अपि पावर कम्पनीले लिमिटेडले ६ महिनामा ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमास सम्ममा विद्युत बिक्रीबाट ६२ करोड ६६ हजार ७ सय रुपैयाँ आम्दानी गरेको हो ।
यो वर्ष गत वर्षको तुलनामा विद्युत बिक्रीबाट हुने आम्दानी बढेको देखिएको छ । कम्पनीले गत वर्ष विद्युत् बिक्रीबाट २७ करोड ४२ लाख ५० हजार ३ सय रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढेको छ । गत वर्ष ६ करोड २३ लाख ९३ हजार ५ सय रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले यो अवधिमा ७ करोड ९४ लाख ५३ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले हालसम्ममा ८.५ मेगावाटको नौगड गाड, ८ मेगावाटको अपर नौगड गाड र ४० मेगावाटको अप्पर चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चलान गरिरहेको छ । साथै, ४ मेगावाटको चन्द्रनिगारपुर सौर्य आयोजना, १ मेगावाटको ढल्केबर सौर्य आयोजना र १ मेगावाटको सिमरा सौर्य आयोजना पनि सञ्चालन गरिरहेको छ ।