काठमाडौं। कर्णाली प्रदेशको डोल्पा जिल्लामा पहिचान भएको १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र पाएको छ । प्रवद्र्धक जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।
गत पुस २३ गते बसेको ऊर्जा सचिवस्तरीय बैठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको आयोजनाले जनाएको छ । विभागले २३ गते उत्पादन अनुमतिपत्र जारी गरेको हो ।