मान्म। कर्णाली प्रदेशको कालीकोटको नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरेपछि यो गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत विद्युत पहुँच पुगेको हो ।
पहिलोपटक गाउँमा प्राधिकरणको ११ केभी वितरण लाइनबाट लालुगाउँका २ सय घरधुरीमा विद्युत पहुँच पुगेको गाउँपालिकाले जनाएको छ। विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकमा खुशी छाएको छ।
गाउँमा राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।
विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुन थालेको स्थानीयले बताए।