काठमाडौं। दाङको तुलसीपुर—घोराही सडक ३० महिनामा निर्माण सक्नुपर्ने भएतापनि तीन वर्षमा सात प्रतिशत मात्रै सम्पन्न भएको छ। पेटी ठेकेदारले धोका दिएपछि तोकिएको समय अवधि भित्रमा काम सम्पन्न गर्न नसकेको निर्माणको जिम्मा लिएको तथ्य इन्जिनियरिङ एन्ड इन्फा प्रोजेक्टले जनाएको छ।
कम्पनीका सञ्चालक प्रवीण ब्रह्मदेव पाण्डेले अब आफैं काम गर्ने बताए। सहयोगी पाटीले काम नगरेर कम्पनीकै बेइज्जत गर्यो। वर्षदिनमा सक्ने उद्धेश्यका साथ ११ स्थानबाट एकै पटक निर्माणको काम सुरु गरेका छौँ उनले बताए।
२८.१९ किलोमिटर सडक खन्न डेढ अर्ब रुपैयाँमा ठेक्का लागेको थियो। दोस्रो पटक थपिएको म्यादमा पनि कामले गति लिन नसकेको घोराही–तुलसीपुर सडक निर्माण आयोजनाले बताएको छ। अब निर्माणमा कुनै ढिलासुस्ती नहुने पाण्डेले जानकारी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सडकको गुनासो धेरै आएको बताएका छन्। अब सम्झौता भए अनुरूप काम हुन्छ, नभएमा निर्माण व्यवसायीलाई कारबाही गर्ने उनले चेतावनी दिए।