दाङ। घोराही तुलसीपुर सडक निर्माणको काम सकिने समयसम्म शुरु नै हुन सकेको छैन। गत वैशाखमै सक्नुपर्ने सडक निर्माणको काम बल्ल निर्माण सुभारम्भ भनेर घोषणा गरिए पनि शुरु भने हुन सकेको छैन।
घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना २०७६ साल असारमा शुरू भइ २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो। तर यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ। सवा एक अर्ब रूपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रूपैयाँ खर्च भएको जनाइएको छ ।
गत मंसिर १० गते प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूलाई राखेर तामझामका साथ सडक निर्माण शुभारम्भ कार्यक्रम गरियो। तर निर्माण व्यवसायीले अझैं कामको सुरूआत गरेका छैनन् ।
सडक निर्माण नहुँदा दैनिक हिँडडुल गर्ने यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्।