काठमाडौं। अर्थमन्त्री डा.प्रकाश शरण महतले जलविद्युत कम्पनीहरुले बिमा बापतको रकम नपाउने समस्या व्याप्त रहेको बताए। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानले आयोजना गरेको जलविद्युत बिमा निती र दृष्टिकोण बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले क्षति भएका सबै आयोजनाले बिमा बापतको भुक्तानि पाउनु पर्ने बताएका हुन्।
उनले भने, ‘पछिल्ला केहि दशकमा साना भनिएका जलविद्युत कम्पनीहरु पनि अहिले ठुला भइसकेका छन् । तर, समस्या रहित भने छैनन् । आयोजनाहरु समस्यामा जान नदिन सरकार प्रयासरत छ । कहिले बाढी पहिरोको समस्या त कहिले अन्य विभिन्न खालका समस्या जलविद्युत आयोजनाहरुले बेहोर्दै आएका छन्।’
नन ट्यारिफमा लैजान प्राधिकरणलाई महतको निर्देशन अर्थमन्त्री महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन समेत दिएका छन् ।