काठमाडौं। ९९.८ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माण ठेक्का चिनियाँ कम्पनीले पाएको छ। आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो होइड्रो कर्पोरेशन लिमिटेड र नेपाली साझेदार कुमार श्रेष्ठ निर्माण सेवाको संयुक्त उपक्रम (जेभी) कम्पनीले पाएको हो ।
आयोजनाको निर्माणका लागि प्राविधिक प्रस्तावमा छनोट भएका दुई कम्पनीमध्ये आर्थिक प्रस्तावमा कम रकम कबोल गर्ने सिनो हाइड्रो छनोटमा परेको हो।
उक्ता खरिद प्रक्रियामा भाग लिएका मध्ये सिनो हाइड्रो र चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन प्राविधिक प्रस्तावमा पास भएका थिए । यी मध्ये आर्थिक प्रस्तावमा कम कबोल गरेपछि सिनो हाइड्रोले ठेक्का पाएको प्रवर्द्धक कम्पनी तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडले जनाएको छ
डेढमहिनाभित्र नै निर्माण कम्पनीसँग सम्झौता हुने बताइएको छ। सम्झौतापछि पूर्वतयारी गरी ५र६ महिनाभित्र निर्माण सुरु हुने र निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।