काठमाडौं। १६.१३६ किलोमिटर लामो लहान–सुखीपुर प्रसारण लाइन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण गर्ने भएको हो।
प्राधिकरणले सिराह जिल्लाको लहान सबस्टेसदेखि–सुखीपुर सबस्टेसनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागको हो । प्राधिकरणले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ। विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने जनाइएको छ । प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र विभगमा वा प्रवर्द्धक कम्पनीमा आइपुग्नेगरी गरी लिखित रायरसुझाव पेश गर्न आग्रह गरेको छ।
यस प्रसारण लाइन आयोजनाबाट करिब २०० मेगवाटको विद्युत् प्रसारण हुनेछ । १६.१३६ किलोमिटर लम्बाई भएको प्रसारण लाइन आयोजनामा ६२ वटा टावरहरू खडा गरिनेछ । टावरको उचाई अधिकतम ४० मिटर तथा दूरी १५०.९९३ देखि ३९५.९५४ मिटरसम्म हुनेछ ।