फाइल तस्बिर
काठमाडौं। निर्माणाधिन खिम्ती–२ जलविद्युत् आयोजनाको ठाडो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको १६२ मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।
कम्पनीका अध्यक्ष कृष्ण आाचार्यले स्वीच थिचेर मंगलबार साँझ सुरुङ छेड्ने काम पूरा गरेका हुन् । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङ छेडेपछि आचार्यले आयोजनामा खटिएका प्राविधिक, मजदुर सबैलाई धन्यवाद दिंदै कामको प्रशंसा गरेका छन्।
आयोजनाको माथिल्लो ठाडो सुरुङ १६२ मिटरको रहेको छ । आयोजनाको २ वटा ठाडो सुरुङ रहेकोमा तल्लो ६७ मिटरको ठाडो सुरुङ ६ महिना अघि छेडिएको थियो । तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप राख्ने काम समेत पूरा भएको आयोजनाले जनाएको छ।