काठमाडौं। बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूलनहर निर्माण गरिने भएको छ। उक्त नहर निर्माण गर्न साढे ३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको हो।
जलस्रोत तथा सिँचाइ विभाग, बबई सिँचाइ आयोजनाले ६१०७ हेक्टर जमिनमा सिँचाइ पुर्याउने गरी पश्चिम नहर निर्माण प्रक्रिया अघि बढाएको हो । वन तथा वातावरण मन्त्रालयले परियोजनाको वतावरणीय मूल्यांकन प्रतिवेदन सार्वजनिक गरी राय सुझाव माग गरेको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार आयोजनाको पश्चिम मूल नहर निर्माण गर्न ३ अर्ब ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रतिवेदन अनुसार मूख्य निर्माण कार्य २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य छ । जसमा २०८० भित्रै निर्माण ठेक्का सम्झौता गर्ने योजना छ ।