काठमाडौं। अपर अरुण जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको सार्वजनिक सुनुवाई मंसिर २४ गतेदेखि हुने भएको छ।
१०६१ मेगावाट क्षमताको उक्त आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुँदैछ। सो गाउँपालिकाको दुई वटा वडामा रहेको २५ घरपरिवार मात्रै आयोजनाका कारण विस्थापित हुने छन्।
मंसिर २४ गते देखि २६ गते सम्म प्रभावित वडाका स्थानीयका बीच प्रतिवेदनको सार्वजनिक सुनुवाई हुने आयोजनाले जनाएको छ।
१०६१ मेगावाटको आयोजना बनाउँदा जम्मा २० देखि २५ वटा घरपरिवार मात्रै विस्थापित हुने भएपछि यो आयोजना अघि बढाउन विश्व बैंक निकै उत्साही देखिएको छ।