काठमाडौं। राजधानीका विभिन्न स्थानमा आइतबार विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले भूमिगत वितरण लाइनको कामका लागि ४ घन्टा विद्युत आपूर्ति बन्द गर्न लागेको हो ।
वितरण केन्द्रका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन हुँदै टुँडालदेवीसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
यस्तै, सोमबार पनि गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धारासम्म र मंगलबार गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जारी गरेको सूचनामा जनाइएको छ ।
प्राधिकरणले राजधानीको विद्युत वितरण प्रणाली भूमिगत बनाउन दर्जनौं स्थानमा काम गरिरहेको छ ।