काडमाडौं। दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी) को अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ ।
यस आयोजनाको अनुमानित लागत निर्माण अवधिको व्याजसहित २ अर्ब २० करोड अमेरिकी डलर अनुमान गरिएकोमा १ अर्ब ६८ करोड डलर ऋण र बाँकी स्वपुँजीबाट जुटाउने योजना छ ।
अहिले आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक अध्ययन टुंग्याउने काम भइरहेको छ । आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुनेछन् । जसमध्ये २३८ घरधुरी पूर्ण र २९०१ घरधुरी आंशिकरूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नु पर्नेमा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेमा सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुनेछ । निर्माण सुरु भएको करिब ७ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य रहेको छ ।