तनहुँ । १२६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट शुरूङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट शुरूङ निर्माणका लागि बिहीबार निर्माण व्यवसायी आरके इन्जिनियरिङ एण्ड एशोसिएटस्सँग खरिदसम्बन्धी सम्झौता भएको हो।
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाका लागि भौगर्भिक अवस्था परीक्षण गर्न अनुसन्धनात्मक अडिट शुरूङ निर्माण गर्न लागिएको आयोजनाले जनाएको छ।
अनुसन्धानका लागि निर्माण गरिने उक्त शुरूङ निर्माण शुरू भएपछि अन्य काममा प्रयोग गर्न सकिने बताइएको छ । डेढ वर्षभित्र उक्त शुरूङ निर्माण गरिसक्ने योजनाअनुसार काम थालिएको छ। तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न जग्गा प्राप्तिका लागि तयारी शुरू भएको छ । जग्गा प्राप्तिका लागि ऊर्जा मन्त्रालयमा आवश्यक कागजात पठाइएको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको आयोजनाले जनाएको छ।