बझाङ। बझाङको बित्थडचिर गाउँपालिकामा पहिलो पटक विद्युत पुग्ने भएको छ। गाउँपालिका र विद्युत प्राधिकरणको लागत साझेदारीमा विद्युत पुग्ने भएको हो ।
गाउँपालिकाले विद्युत पहुँच नपुगेको ठाउँमा विस्तार गर्ने पालिकाले जनाएको छ। वडा नम्बर १ देखि वडा नम्बर ९ सम्ममा विद्युत पहुँच पुगेको छैन।
गाउँपालिका र विद्युत प्राधिकरणको ५०/५० प्रतिशतको लागतले विद्युत पुग्ने ठाउँमा वितरण गरिन लागेको हो। उक्त कार्यक्रमको बुधबार उद्घाटन गरिएको थियो।
गाउँपालिका र विद्युत प्राधिकरणको लागत साझेदारीमा विद्युतको पहुँच नपुगेको ठाउँमा विद्युत विस्तार गर्ने भएको हो । गाउँपालिकामा २ करोड लागतले विद्युत विस्तार पुग्ने ठाउँमा वितरण गर्ने बताइएको छ ।