काठमाडौं। १० मेगावाटको काबेली ‘बी’ १ क्यासकेड जलविद्युत् केन्द्रको पुन उत्पादन सुरु भएको छ । गत असारमा परेको वर्षापछिको बाढी पहिरोले क्षति पुर्याएपछि बन्द भएको केन्द्रले पुनःनिर्माणपछि उत्पादन सुरु गरेको हो ।
पाँचथरमा रहेको आयोजनाको मर्मत संभार गरी उत्पादन परीक्षण सुरु गरेको प्रवद्र्धक अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले जनाएको छ । बाढीले आयोजनाको पाइप, विद्युतगृह लगायतका संरचनामा ठूलो क्षति पुर्याएको थियो ।
आयोजना बन्द हुँदा करिब ९ महिनाको अवधिमा १ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीले जानकारी दिएको छ । केन्द्रबाट मासिक १२र१३ करोड रुपैयाँको विद्युत् उत्पादन हुने गरेको थियो ।