रूपन्देही। जिल्लाको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आज क्रिकेट मैदानको उद्घाटन गरेका हुन्।
पहिलो चरणमा मैदान निर्माण गरिएको मैदानमा आज उद्घाटनका अवसरमा तिलोत्तमा लिजेन्ट्स कप आयोजना गरिएको छ।
टी–२० फर्म्याटमा चार वटा टिमहरूले खेल्दैछन्। जसमा १९९६ लिजेन्ट्स, २०१४ वर्ल्ड कप लिजेन्ट्स, रेस्ट अफ नेपाल र रूपन्देही लिजेन्ट्स रहेका छन्।
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले निजी लगानीमा मैदान निर्माण गरेका हुन्। रंगशालाको कुल लगानी ३० करोड माथि रहेको छ। पहिलो चरणमा मैदान निर्माण गर्नका लागि १२ करोड खर्च गरिएको छ।