काठमाडौं। ५.४ मेगावाटको रावा खोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ। हलेसी हाइड्रो पावर प्रालिले खोटाङ जिल्लाको रावा खोलामा पहिचान भएको आयोवजना अघि बढाउन तयारी गरेको हो ।
कम्पनीले आयोजनाको निर्माण अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित रायरसुझाव पेश गर्न माग गरेको छ ।
प्रस्तावित आयोजनाको संरचनाहरू रावा खोलाको दायाँ र बायाँ किनारमा पर्नेछ । आयोजनाको मुख्य संचनाहरू हुँदै पानीलाई विद्युतगृहमासम्म पुर्याइनेछ । विद्युत् गृहमा २ वटा होरिजेन्टल फ्रान्सिस टर्वाइन रहनेछन् र प्रत्येकको क्षमता २.७ रहनेछ ।
२.७ मेगावाट रेटेड आउटपुट क्षमता र ६६ केभी जेनेरेसन भोल्टेज भएका दुइवटा सिंक्रोनस जेनेरेटर मार्फत ६.१ घनमिटर मानीको प्रयोग गरी विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ३१.७१२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ ।