काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको काम आधा पूरा भएको छ। निर्माण सुरु भएको पाँच वर्षमा आयोजनाको ५१.४४ प्रतिशत भौतिक भएको हो।
आयोजनाको निर्माण ३ प्याकेजको ठेक्कामार्फत भइरहेको छ । पहिलो प्याकेजको २७.७५ प्रतिशत भौतिक र २३.८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ को ५१.१४ प्रतिशत भौतिक र ४४ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ को ७६.५ प्रतिशत भौतिक र ७२.६ प्रतिशत आर्थिक प्रगति भएको कम्पनीले जनाएको छ।
तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको र आयोजनाको प्रगति सन्तोषजनक रहेको कम्पनीले जानकारी दिएको छ । आयोजनाको काम निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ ।