काठमाडौं। काबेली बी–१ क्यासकेड आयोजना ९ महिनापछि पुनः सञ्चालनमा आएको छ । २०८० साल जेठ ३२ गते आएको बाढी पहिरोका कारण ९ दशमलव ९४ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको थियो।
उक्त क्षतिग्रस्त संरचनाको मर्मत कार्य सकिएको र सो आयोजनाबाट फागुन २७ गते विहान ११ः२० बजेदेखि पुनः सञ्चालनमा आएको जानकारी कम्पनीले दिएको हो । आयोजनामा क्षति आएसँगै कम्पनीको विद्युत विक्री आम्दानीमा असर परेको थियो ।