काठमाडौं। निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाका लागि ५५ जना प्राविधिक माग गरिएको छ । कम्पनीले मेजरमेन्ट इन्जिनियर, म्याट्रियल म्यानेजर, डिजाइन इन्जिनियर, हाइड्रो मेकानिकल इन्जिनियर, मेजरमेन्ट म्यानेजर, साइट म्यानेजर, टनेलका लागि साइट म्यानेजर लगायतका ५५ जना प्राविधिक माग गरेको हो ।
सम्बन्धीत क्षेत्रमा कम्तीमा ३ देखि ६ वर्षसम्मको कार्यनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।
आयोजना रसुवा जिल्लाको चिलिमे गाउँपालिकामा निर्माण भइरहेको छ। सालासुंगी पावर प्रालिले अघि बढाएको आयोजना बनाउन १३ अर्ब १९ करोड ८ लाख ६० हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।