काठमाडौं। प्रतियुनिट ८.६ रुपैयाँ भन्दा बढी मूल्यमा नेपालबाट विद्युत् आयात गर्न बंगलादेश सहमत भएको छ। ‘बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)’ ले गत साता ८.६ रुपैयाँका दरमा नेपालबाट जलविद्युत् आयात गर्न सकिने टुंगो लगाएको हो।
विभागले आफ्नो निर्णय त्यहाँको मन्त्रिपरिषद्बाट पारित गर्नका लागि पठाउन भने बाँकी नै रहेको बंगलादेशि सञ्चार माध्यमले जनाएका छन्।
बंगलादेशले नेपालको जलविद्युत् प्रतियुनिट ५ अमेरिकी सेन्ट (६.६४ रुपैयाँ) मा खरिद गर्न सकिने बताउँदै आएको थियो भने प्राधिकरणले प्रतियुनिट ७ सेन्ट (९.२९ रुपैयाँ) भन्दै आएको थियो । यी दुवै दरलाई आधार मान्दै बंगलादेश प्रतियुनिट ६.५ अमेरिकी सेन्ट (८.६३३ रुपैयाँ) मा खरिद गर्न तयार भएको बताइएको छ।