काठमाडौं। ३३/११ केभीको सालझण्डी सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले सैनामैना नगरपालिका–९ सालझण्डीमा निर्माण गरेको सबस्टेसन चैत १ गतेदेखि सञ्चालनमा आएको छ।
यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने अपेक्षा गरिएको छ ।
सबस्टेसनमा २४ एमभिएको ट्रान्सफर्मर जडान गरिएको छ । रुपन्देहीको मोतिपुरदेखि सालझण्डीसम्म निर्माण भएको करिब २५ किलोमिटर ११ केभी लाइन सोही सबस्टेसनमा जोडिने बताइएको छ।