काठमाडौं। ४४ मेगावाटको बकान खोला आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण हुने भएको छ । संखुवासभाको स्थानीय बकान खोलामा निर्माण गरिने भएको हो।
आयोजना अघि बढाउन प्रवर्द्धक कम्पनी समिट इनर्जी सोलुशन प्रालिले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) रिपोर्टसमेत तयार पारिसकेको छ। उक्त प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले सुझाव आह्वानसमेत गरिसकेको छ ।
संखुवासभाको स्थानीय बकान खोलामा निर्माण गरिने प्रस्तावित आयोजनाको बाँध (हेड वर्क्स) क्षेत्र र विद्युत् गृह भोटखोला गाउँपालिका–२ मा रहने छ ।
निर्माण सुरु गरेको ५ वर्षमा पूरा हुने अपेक्षा गरिएको आयोजनाको कुल लागत ६ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै, प्रतिमेगावाट लागत १५ करोड ७८ लाख ७४ हजार रुपैयाँ अनुमान गरिएको छ ।