नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा तादी घ्याङफेदी जलविद्युत आयोजना निर्माण हुने भएको छ। ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत् आयोजना अघि बढाउन सम्पूर्ण प्रक्रिया पूरा भएको हो।
विद्युत विकास विभागले आयोजनाले पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइईई) प्रतिवेदनमा स्थानीयका तर्फबाट राय/सुझाव भए ३५ दिनभित्र पेश गर्न सूचना जारी गरेको छ। विभागको सूचना अनुसार आयोजनाको सम्पूर्ण काम २०८३ सालभित्र सम्पन्न हुनेछ।
विभागका अनुसार आयोजनाको आइईई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७९ फागुन ३० गते नै स्वीकृत भएको थियो । यो आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजनास्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जीको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।