नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादी गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । उक्त गाउँमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको हो।
नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी गाउँमा विद्युत पहुँच पुर्याएको हो। जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका ४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सवस्टेशनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो।
हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रम अन्तर्गत रु १६ करोडको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको गाउँपालिले बताएको छ।