काठमाडौं। २२० केभी क्षमताको चिलिमे–रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण गरिने भएको छ। प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ पर्ने १८ किलोमिटर भूभागको अध्ययनका कार्यहरु अन्तिम चरणमा पुगेको हो।
नेपालतर्फ पर्ने प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन समेत चिलिमे इन्जिनियरिङ कम्पनीले तयार पारिसकेको बताइएको छ। अब चीनतर्फ पर्ने खण्डको अध्ययन पूरा गरी सम्झौता गरेर निर्माण अघि बढाइने छ।
नेपाल र चीनबीच विद्युत् व्यापारको सुरुवात गर्न अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको हो।