नेपालगञ्ज। नेपालगञ्ज अन्तर्गत रहेको ट्रान्सफर्मर मर्मत तथा परीक्षण केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने भएको छ।नेपाल विद्युत् प्राधिकरणले डिभिजन कार्यालय नेपालगञ्ज अन्तर्गत रहेको ट्रान्सफर्मर मर्मत केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी थालेको हो।
यहाँ ट्रान्सफर्मर परीक्षणको काम मात्र हुँदै आएको थियो। अब भने आवश्यक जनशक्ति राखेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।
नेपालगन्जमा नयाँ ट्रान्सफर्मर परीक्षण मात्र हुने हुँदा मर्मतका लागि हेटौंडासम्म ल्याउनुपर्ने बाध्यता छ । उक्त वर्क सप सञ्चालनमा आएपछि दाङदेखि पश्चिम नेपालगन्ज डिभिजन, कर्णाली र सुदूरपश्चिम प्रदेशको सेवा प्रभावकारी हुने बताइएको छ।