काठमाडौं। ३४०.४२३ मेगावाटको बुढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुने भएको छ।
विद्युत् नियमन आयोगले आगामी चैत २० गते विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई आयोजना गर्ने भएको हो ।
टाइम्स इनर्जी प्रालिद्वारा प्रवर्द्धित आयोजनाको पिपिएका लागि नेपाल विद्युत् प्राधिकरणले आयोग समक्ष पेस गरेको निवेदन उपर छलफल गर्ने तयारी भइरहेको छ ।
गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।