गोरखा। १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजना निर्माण गरिने भएको छ। ब्लु इनर्जी प्रालिले गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा आयोजना निर्माणको काम अघि बढाएको हो।
आयोजना निर्माणका लागि १९ अर्व लागत अनुमान गरिएको छ। सिभिल र हाइड्रो मेकानिकल कामका लागि काठमाडौंको सीई निर्माण कम्पनीसँग ११ अर्वमा ठेक्का सम्झौता भएर आयोजनाको काम अघि बढेको बताइएको छ।
आयोजना अन्तरगत अहिले बिद्युत गृह निर्माणका लागी जग खन्ने काम भइरहेको छ । आयोजनाका लागि भन्दै करिव १४ करोड खर्चेर कम्पनी आफैंले बेलिब्रिज समेत निर्माण गर्न लागेको छ ।