काठमाडौं। ४.५ मेगावाटको गशली खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । हिमशीला पावर कम्पनी लिमिटेडले उक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।
धादिङ जिल्लाको खनियाँबास गाँउपालिका हुँदै बग्ने गशली खोलामा पहिचान भएको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिइएको छ।
विभागले आयोजनाको नाममा अनुमतिपत्र जारी गर्न अन्तिम चरणको काम गरिरहेको छ । विभागले आयोजना निर्माण गर्दा पर्न सक्ने उल्लेखनिय प्रतिकुल असरबारे सरोकारवालासँग राय सुझाव मागेको छ । इच्छुक सरोकारवालाले सूचना जारी भएको ३५ दिनभित्र आफ्नो रायरसुझाव विभाग तथा कम्पनीको कार्यालय समक्ष पेस गर्नुपर्नेछ ।
आयोजनामा २२२५ मिटर लामो सुरुङ र १४३८ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । विद्युत्गृहमा २ वटा टवाईन जडान हुनेछ । आयोजनाको काम आगामी २०८४ बैशाख ३० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।