हुम्ला। हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी कार्यालयमा २४ घण्टा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीमा बुधबारदेखि चौबिसै घण्टा विद्युत् सेवा विस्तार गरिएको हो।
यसअघि यी कार्यालयहरुमा राति मात्रै विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो। स्वास्थ्यचौकीमा बिरामीको विद्युतीय माध्यमबाट सेवा प्रवाहमा सघाउन लाइन विस्तार गरिएको बताइएको छ।
विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय र सहकारी संस्थालाई सेवा प्रवाह गर्न विद्युत् सेवा उपलब्ध गराइएको बताइएको छ । अब यी सरकारी कार्यालयमा निरन्तर विद्युत् सेवा उपलब्ध भएपछि दैनिक कार्यसम्पादन गर्न सहज हुनेछ ।